Skip
आज :

‘नेपाल मेडिकल शो’ रोक्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘नेपाल मेडिकल शो’ रोक्न चेतावनी दिएको छ । पार्टीको काठमाडौँ जिल्ला संगठन समितिले यही फागुन १७ देखि १९ सम्म भृकुटीमण्डपमा हुने लागेको शो रोक्न चेतावनी दिएको हो ।

जिल्ला संयोजक प्रकाशले शनिबार एक विज्ञप्ति जारी गरेर मेडिकल शोका नाममा गुणस्तरहित समानको प्रचारप्रसार गर्न र आम नागरिकलाई भ्रम सिर्जना गर्न लागिएको भन्दै आयोजकलाई तत्काल रोक्न चेतावनी दिएका छन् । उनले नेपालको मेडिकल क्षेत्रलाई बदनाम गराउने, राज्यलाई अर्बौको कर छली गर्दै आएका मेडिकल माफियाहरुले पुँजी पलायन गराउन मेडिकल शोको आयोजना गर्न लागेको भन्दै रोक्न सरकारसँग आग्रह समेत विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको मेडिकल क्षेत्रलाई बद्नाम गराउने, राज्यलाई अर्बौको कर छली गर्ने तर सयौं गुणा महंगोमा आफ्नो गुणस्तहिन समान बेच्दै आएका भारतीय मेडिकल माफियाहरुले जनताको आँखामा छारो हाल्न शो गर्न लागिएकोले पार्टी गम्भीर भएको छ । जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेका माफियाहरुलाई उक्त कार्यक्रम रोक्न चेतावनी दिन चाहन्छौं ।”

संयोजक प्रकाशले मेडिकल शोको नाममा गरिने झुट प्रचारको पछि नलाग्न र कुनै पनि स्टल बुकिङ नगर्न नेपाली राष्ट्रवादी व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् । मेडिकल शो नरोके त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी आयोजकले लिनुपर्ने चेतवानी समेत दिइएको छ ।

विज्ञप्तिः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal