काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पहिलो दिनमा दिउँसो ३ दिनसम्म चल्ने अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ ।
अधिवेशनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहन माओवादी केन्द्रले जनाएको छ ।
अधिवेनले पार्टीको विधान संशोधन गरी टुंगो लगाउनेछ । यसअघि उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा रहेको कमिटीले विधानको मस्यौदा तयार गरी स्थायी समितिले पारित गरिसकेको छ ।
माओवादी केन्द्रले रुपान्तरण अभियानमार्फत् देशभरिका नेता कार्यकर्ता समेतको भावना समेटेर विधानमा संशोधन गर्दै अघि बढ्न चाहेको नेताहरुले बताएका छन् ।
अधिवेनमाले स्थायी समितिबाट तयार भएको विधानलाई पातिर गर्दै कार्यान्वयनमा लैजाने निर्णय गर्नेछ ।