काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगे । शुक्रबार विहान ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा संसद्को हिउँदे अधिवेशन संचालन र कानुन निर्माणबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले बताएको छ ।
बाँसबारी छाला उद्योगको जग्गा हिनामिनाको आरोपमा चौधरी ग्रुपका जिम्मेवारी व्यक्ति पक्राउ परेको चर्चाबीच प्रचण्ड र ओलीबीचको छलफलमा उक्त कुराले पनि स्थान पाएको बताइएको छ ।
व्यवसायी अरुण कुमार चौधरीको पक्राउपछि सरकार सुशासनको पक्षमा झन् आक्रामक भएको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ । पहिलो पटक चौधरी ग्रुपमाथि छानविन भएको छ ।


अनलाइन डबली





