आज :

मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

  • अनलाइन डबली

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका लागि तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट कतिजना मन्त्री बन्ने भन्ने यकिन छैन । एकजना मन्त्री बन्ने अवस्था आए उदयपुरका नारायण बुर्जा मगरले अवसर पाउने सम्भावना छ ।

माओवादीको भागमा दुईजना पर्ने अवस्थामा भने संखुवासभाका राजेन्द्र कार्की पनि मन्त्री नियु्क्त हुन सक्ने सम्भावना छ । सरकारमा माओवादीले थप दुईजना मन्त्री दाबी गर्दै आएको छ । कोशी प्रदेश सरकारमा हाल कांग्रेसबाट मुख्यमन्त्री कार्कीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal