आज :

रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन्: गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए ।

बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विकासका आधारका रुपमा रेमिट्यान्सलाई ‘इनपुट र ट्याक्स रेभिन्यु’ लाई लिएर अगाडि बढ्न खोजेमा त्यसले देशलाई वास्तविक दिशातिर लैजान नसक्ने बताए । उनले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोचले देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने प्रष्ट पारे ।

‘पहिला अर्थतन्त्रलाई लयमा ल्याउन जरुरी छ । त्यो दिशामा हामी काम गरिरहेका छौं । विकासका आधारका रुपमा रेमिट्यान्स इनपुट ट्याक्स रेभिन्यु जस्ता कुरालाई मात्र हामीले विकासका आधार बनाएर अगाडि बढ्न खोज्यौं भने त्यसले देशलाई वास्तविक दिशातिर लैजान सक्दैन, ’उनले भने,‘ हामीलाई अहिले रेमिट्यान्सले ठूलो योगदान पु¥याएको छ ।

तत्कालै हामीले वैदेशिक रोजगारीलाई रोक्न सकिहाल्ने अवस्था छैन् । तर प्रवर्द्धन गरेर रेमिटेन्सकै आधारमा अर्थतन्त्र धान्छु भनेर सोच्ने हो भने देश कहिले पनि स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकासमा पुग्दैन भन्ने कुरामा हामी गम्भीर हुन जरुरी छ ।’

गृहमन्त्री श्रेष्ठले उर्जा क्षेत्रमा नीति निर्माण र योजना बनाएर अगाडि बढ्न सरकार र निजी क्षेत्र एकठाउँमा उभिन आवश्यक रहेको बताए । उनले नीति नियम परिमार्जन गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको र उर्जा क्षेत्रको विकास भने प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal