आज :

विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड, १ हजार ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

  • अनलाइन डबली

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा २० सामुदायिक विद्यालयसहित ४३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १ हजार ५ सय जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजेता खेलाडीहरूले अन्तरपालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् । प्रतियोगिता माघ ५ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले कक्षागत पाठ्यक्रम अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरे । खेलकुदले शारीरिक र मानसिक विकाससँगै व्यक्तिलाई अनुशासित बनाउन सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले खेलकुदले मानिसलाई अनुशासित बनाउन सिकाउने बताइन् । उनले महानगरले आयोजना गरेको प्रतियोगिताबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal