आज :

कान्तिपुरको समाचार चरित्र हत्या गर्ने कडीको रुपमा लिएको छु : प्रभाकर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ ले कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै आफ्नो जीवनमाथि प्रहार गरी चरित्रहत्या गर्ने कडीको रुपमा लिएको बताएका छन् ।

विहीबार प्रभाकरले कान्तिपुरको भ्रामक र तथ्यहीन समाचारबाट आफू अचम्मित भएको बताए । सामाजिक संजालमा प्रभाकरले लेखेका छन्, “समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनितिक जिवनमाथी प्रहार गरी बदनाम गरेर चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु। स्थानीय सम्वाददाताको हवाला दिँदै उक्त समाचारमा उल्लेख गरिएझैं जाजरकोटको लागि आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।”

जाजरकोटको भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीले समेत बोल्दै नबोलेको विषयमा कान्तिपुरले समाचार बनाएको बताईकेको भन्दै प्रभाकरले समाचार गलत नियतका साथ समाचार प्रकाशित गरेको बताए ।

भूकम्पको भोलिपल्टदेखि नै आफू जिम्मेवार राजनीतिककर्मीको रुपमा स्थानीय, निकायलगायत सरोकारवाला सबैसँग हातेमालो गर्दै अहोरात्र खटिरहेको बताउादै प्रभाकरले यस्तो विपदको घडीमा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यथार्थतालाई तोडमोड गरी एकतर्फी ढंगबाट समाचार प्रकाशित हुन खेदजनक रहेको बताए । साथै, गलत र भ्रामक समाचरबाट भ्रमित नहुन सबैलाई आग्रह समेत गरेका छन् ।

यस्तो छ प्रभाकरले भनाईः

कान्तिपुर दैनिकको वर्ष ३१, अंक २५८, २३ कार्तिक २०८० विहीबारको अनुमान ‘भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीती” शिर्षकमा प्रकाशित ” समाचारप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनितिक जिवनमाथि प्रहार गरेर बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु।

स्थानीय सम्वाददाताको हवाला दिँदै उक्त समाचारमा उल्लेख गरिए झै जाजरकोटको लागी आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।

साथै उक्त समाचारलाई पुष्टि गर्न जाजरकोटका भेरी नगरप्रमुख चन्द्र प्रकास धर्तीको भनाई समेत “कोड” गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले मेरो भनाई भन्दै कसरी प्रकाशित गरेको व्यक्त गरे वाट उक्त समाचार कुन नियतका साथ प्रकाशित भएको छ भनी सजिलै अनुमान गर्न सकिन्छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोलिपल्टदेखि नै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकायलगायत सरोकारवाला सबैसँग हातेमालो गर्दे अहोरात्र खटिरहेको यस्तो विपतकालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यर्थाथतालाई तोडमोड गरी एकतर्फी ढंगबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न/नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal