आज :

भूकम्प पीडितलाई नेपाल उद्योग व्यापार महासंघको पाँच लाख ५५ हजार सहयोग

  • अनलाइन डबली

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले भूकम्प पीडितलाई सहयोग गर्न सबै समितिलाई आह्वान गरेको छ । महासंघका अध्यक्ष खिमलाल भण्डारीले सोमबार विज्ञप्ति जारी गरेर भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष भण्डारीले केन्द्रीय समितिले भूकम्प पीडितको लागि आर्थिक सहयोगको पहल सुरु गरेको बताउँदै सबै समितिलाई राहत तथा पुनस्र्थापनामा सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

“भूकम्प प्रभावित जनताहरुको आर्थिक सहयोग स्वरुप नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यालयको तर्फबाट पहल गरिसकिएको छ, भुकम्प प्रभावितहरुका लागि हामि हाम्रा केन्द्रीय कार्य समिति परिवार, प्रदेश, जिल्ला, नगर, संस्थापक तथा आवद्ध संघसंस्थाहरुलाई आ–आफ्नो तर्फबाट राहत संकलन तथा उद्दार कार्यमा लाग्न समेत आह्वान गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

भूकम्प पिडितहरुको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा सरकारले शिघ्र पहल गरेकाप्रति धन्यवाद दिँदै विज्ञप्तिमा भनिएको छ, “भूकम्प पीडितहरुको उद्दार कार्य, उपचार, राहत वितरण तथा व्यवस्थापनमा भएको शिघ्रताप्रति नेपाल सरकार, सेना, प्रहरी, स्वास्थ्यकर्मी, राजनैतिक दलहरु, संचारकर्मी, विभिन्न संघसंस्थालगायत सरोकारवाला सवै निकायहरुमा नेपाल उद्योग व्यापार महासंघको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।”

महासंघले केन्द्रीय समितिको तर्फबाट पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकाेप राहत कोषमा ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal