आज :

समय आएपछि एकै ठाउँमा उभिएर जवाफ दिन्छौंँ : प्रधानमन्त्री

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने बताएका छन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहालले, इतिहास विचार र राजनीतिक संघर्ष केही नभएकाहरुले पुराना पार्टीमाथि प्रश्न उठाएको भन्दै सबै दल एक ठाउँमा उभिएर जवाफ दिने तर्क गरे ।

“जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ । तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ” प्रधानमन्त्रीले भने ।

प्रचण्डले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि राजनीतिक दलहरुको बीचमासहमती बनाउँन प्रयास गर्दै आएको बताए । “हिजो प्रतिपक्ष दलको नेतासँग भएको कुरा पनि त्यसकै प्रयास हो र मलाई लाग्छ समझ्दारी बन्दै जान्छ” प्रचण्डले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण नेपालको ठूलो कुटनीतिक सफलता भएको बताएका छन् ।

“अन्तरर्राष्ट्रिय भ्रमणका सन्दर्भमा जुन कुटनीतिक पहलहरु भए त्यसैको परिणाम ठान्छु, मैले संयुक्त महासंघको महासचिव आजै राती नेपाल आउँदै हुनुहुन्छ । जलवायु, शान्ति प्रक्रिया, आर्थिक विकासको लक्ष्य बारे कुराकानी गर्ने र केही भ्रमणहरु पनि रहेको छ । यसले नेपाली जनताको आवश्यकतामा सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने ठानेको छु । त्यसपछि कतारको राजा पनि नेपाल आउँदै हुनुहुन्छ यो सबै हाम्रो कुटनीतिक सफलता नै हो” प्रचण्डले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal