आज :

शनिबार भएको दुर्घटनामा परी गम्भीर घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

  • अनलाइन डबली

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनीबार गम्भीर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

उनलाई उपचारको लागि आइतवार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो । हिजो राती नै उनलाई त्यसफर्त गिएको छ ।

शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘ सेडाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ’ ।

शनिवार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal