आज :

व्यापार घाटा कम गर्न निर्यात बढाउनैपर्छः मन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न  आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटी मण्डपमा आयोजित ‘दोस्रो हिमालयन एक्सपो २०२३’ को उद्घाटन समारोह लाई सम्बोधन गर्दै उनले देशको व्यापार घाटा कम गर्न उत्पादन निर्यात गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन् ।

‘विकासको निम्ति पुँजी निर्माण र त्यसको कार्यान्वयनका साथै चुलिँदै गएको व्यापार घाटालाई कम गर्नुछ । व्यापार घाटा कम गर्न हामीले आफ्नो देशको उत्पादन निर्यात गर्न सक्नुपर्छ । त्यसो नगरी कसैलाई अनुरोध गरेर निवेदन गरेर कम हुन्न । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सक्नुपर्छ’ उनले भने ।

उनले राजनीतिक परिवर्तनलाई माध्यम बनाएर देशको सामाजिक–आर्थिक रूपान्तरण गर्नु पर्ने तर्क गरे ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर यो देशको सामाजिक–आर्थिक रूपान्तरण गर्नु विकासको प्रक्रियामा तीव्रता दिनु र नेपाललाई समृद्ध देश बनाएर जनतालाई सुविधा दिनुपर्छ । राजनीतिक अधिकार मात्रप्राप्त गरेको होइन, हामीले जीवन फेर्न पायौँ र नयाँ नेपाल बनेको अनुभूति गराउन सक्नुपर्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal