आज :

प्रचण्ड ओलीभन्दा धेरै राजनीतिक चरित्र भएको नेताः दुर्गा प्रसाईँ

  • अनलाइन डबली

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा धेरै गुणा राजनीतिक चरित्र भएको नेता भएको बताएका छन् ।

सोमबार एमाले युवाहरुले आफूलाई कालोमोसो दलेको विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले आफूले प्रचण्डको आलोचना गर्दा जवाफ नफार्काएको तर ओलीले कालोमोसो दल्न निर्देशन दिएको बताए ।

“हजुरबा भन्दा प्रचण्ड धेरै स्ट्यान्डर हुनुहुदोरहेछ । प्रचण्डको बारे पनि बोलियो तर आजसम्म जवाफ फर्काउनु भएको छै । यहीबाट प्रष्ट हुन्छ ओलीभन्दा राजनीतिक चरित्र भएको व्यक्ति त प्रचण्ड नै रहेछन्, नारायणकाजी नै रहेछन्” प्रसाईँले भने ।
प्रसाईँले अगाडि भने, “यस्तो पनि राजनीतिक हुन्छ, यस्तोलाई पनि राजनीतिक भनिन्छ ? गणतन्त्रमा बोल्न नपाउने ? चित्त नबुझेको कुरा बोल्न नपाउने ?”

प्रसाईँले एमाले अध्यक्ष ओलीलाई र युवा संघका इन्चार्जलाई बधाई पनि दिएका छन् ।

“म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो । एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन्” प्रसाईँले भने ।

प्रसाईँले एमाले आफूसँग डराएको भन्दै खेल सुरु भएको पनि बताउँदै भने, “हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्यो, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ ।”

आफूले प्रचण्डलाई मिलाएर ओलीलाई दुई तिहाईको प्रधानमन्त्री बनाएसम्म राम्रो तर अहिले आलोचना गर्दा कालो मसी छ्यापेको बताए । उनले एमालेले मलाई ठूलो गुन लगायो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal