आज :

५ वर्षपछि देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउँछ : मन्त्री बस्नेत

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन नगरे देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भएको बताए ।

उनले भने, ‘शिक्षा क्षेत्रमा सुधार गर्नपर्ने तर कोही पनि नबोलेको कुरा चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भन्ने हो । त्यसले गर्दा अहिले देशमा डाक्टर नर्सहरुको उत्पादन कमजोर भयो । अबको ५ वर्षपछि यो देशमा डाक्टर र नर्स दिउँसै राँको बालेर खोज्नु पर्ने दिन आउँछ । ’

हामीले गरेको पहलले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने कुरामा सरकार अगाडि बढिरहेको उनको भनाई छ । उनले नेपाललाई मेडिकल हब बनाउनु पर्ने र त्यसको लागि अगाडि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal