आज :

बझाङ भूकम्पबाट प्रभावितको उद्दार, राहत र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बझाङमा गएको भूकम्पबाट प्रभावित भएका नागरिकको उद्दार, राहत र व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकका क्रममा उनले सरोकारवाला पक्षहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

“बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गर्न निर्देशन गर्दछौँ । हालसम्म उद्धारका लागि जे जति प्रयास भएको छ, राहत र व्यवस्थापनमा खटिएका सबैलाई धन्यबाद । थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छौं” प्रधानभन्त्रीले भने । उनले तत्काल आवश्यक पर्ने स्रोतहरू व्यवस्थापन गर्ने निर्णय पनि गरेको जानकारी पनि दिए ।

यसका लागि उनले तीनै तहका सरकारबीचसमन्वयमा एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रधानमन्त्रीले सम्भावित विपतजन्य घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका साथ बस्नुपर्ने भन्दै यसलाई सबै सम्बन्धित पक्षले गम्भीर रुपमा लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal