आज :

भेटी चढाएका भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस बन्दैन् :  नेता केसी

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी नसुध्रने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले  संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै भेटी चढाएर भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी सोचेको जस्तो नबन्ने बताए ।

उनले भने, ‘संविधानमा पनि ठुलो परिवर्तनको आवश्यकता रहेको छ। जबसम्म संविधानमा समानुपतिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यति बेलासम्म कांग्रेस बन्दैन। या समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔ या त राष्ट्रियसभामा लैजाऔं ।’ उनले रुपान्तरण अभियानले जोड्ने काम गरौं, तोड्ने हैन् भन्ने सन्देश सबैलाई दिन आवश्यक रहेको बताए ।

अहिले कांग्रेसलाई भ्रष्टाचारहरुको संरक्षक भएको आरोप लागिरहेकोले त्यसलाई चिर्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal