काठमाडौं । विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ ।
‘ सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य ’ यस वर्षको नारा रहेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ ।
फ्रान्सेली वैज्ञानिक लुइसलाइ रेबिजविरुद्धको पहिलो खोप विकास कर्ताको रुपमा विश्वमा चिनिने गर्दछ ।