आज :

इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सो घटनामा परी सयौं घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन् ।

करीव ३०० मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये दर्जनौं अझै पनि गम्भीर अवस्थामा छन् ।

आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताको थियो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब एक लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ ।

मुख्य सहर स्टेपानाकर्टमा सोमबार साँझ बिस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । मानव अधिकारकर्मी ओम्बड्सम्यान गेघम स्टेपान्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धन गोदाममा विस्फोट हुँदा घाइते हुनेको सङ्ख्या २०० नाघेको छ । धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नागोर्नो–काराबाखको चिकित्सा क्षमता पर्याप्त छैन ।’

मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको मृत्यु अस्पतालमा भएको बताएका छन् ।

गत साता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले सो क्षेत्र छोडेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal