प्रत्येक बर्ष भद्र शुक्ल द्वादशी देखि हनुमानढोका कालभैरव अगाडी य: सिँ (इन्द्र ध्वजा ) उठाए पछी आश्विन कृष्ण चतुर्दशी सम्म राजधानीमा येँया ( इन्द्रजात्रा ) पर्व मनाइन्छ । उपत्यकावासीले इन्द्रजात्रालाई यलम्बर जात्रा येँया: अर्थात् काठमाडो नगर निर्माणको उद्घाटन भएको दिन मान्दछन् । कलिगत संवत् ३८२५ ( वि.सं. ७८१ ) मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हयूपीलाई मञ्जुश्री खड्गको टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येगा हिटी ( ढुंगे धारा ) नेर उद्घाटन गरेको विश्वास गरिन्छ । “ येँ ”अर्थात काठमाडौँ “ या: ” उद्घाटन शव्द मिलेर नै “ येँया: ” हुन पुगेको इतिहास खेज कर्ताहरुको भनाइ छ।
काठमाडौँ महानगर पालिका २१ “ यँगा ” टोललाइ लिक्षविकामा यो स्थानलाइ प्रमुख प्रशासनिक क्षेत्र “ दक्षिण कोलिग्राम ” को नाममा चिनिन्थियो। राजा नरेन्द्र देवले १४ सय बर्ष अगाडी स्थापना गरेको येँगा हिटी ( ढुंगे धारा ) दुइ प्राचिन शिलालेख सहित सो हि स्थानमा रहेको छ ।
राजा नरेन्द्र देवले १४ सय बर्ष अगाडी स्थापना गरेको येँगा हिटी ( ढुंगे धारा )- फोटो – बुद्ध शरण शाही
आजुद्यो ( आकाश भैरव )
अर्को आख्यानअनुसार किराँती राजा यलम्बर ५ हजार वर्षअघि भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न जाँदा कौरव र पाण्डवमध्ये जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् । यस्तो भएमा युद्ध कहिल्यै अन्त्य नहुने देखेर छली कृष्णले छल गरी यलम्बरको टाउको दुई टुक्रा हुने गरी काटिदिए । यही दिनको स्मरणमा प्रत्येक वर्ष यहाँ आजुद्यो ( आकाश भैरव ) को शिर र अर्कोतर्फ बाकाद्यो ( आजुद्योको साथी ) तान्त्रिक पूजासहति सार्वजनिक प्रदर्शनमा राख्ने परम्परा छ । इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं , ललितपुर , भक्तपुरलगायतका नेवार बस्तीहरूमा हाथुद्यो ( भैरव ) लगायत देवी – देवता , दलुमत आदि सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिन्छ । यसै दिनदेखि हल्चोक स्वयम्भूको सवः भक्कु , किलागलबाट पुलुकिसी ( तानाकिसी ) , मजिपातबाट मजिपाः लाखे , कुम्हाननीको कुम्हो प्याखँ , किलागलको दि प्याखँ ( देवी नृत्य ) , भक्तपुरबाट महाकाली प्याखँ गणनृत्य र माकः प्याखँ र त्रिपुरेश्वरको दश अवतार झाँकी इन्द्रजात्रामा सार्वजनिक प्रदर्शन गरिन्छ भने पाटनको च्यासल फल्चामा नेपालको सबैभन्दा प्राचीन चलचित्र ‘ भ्यालिंचा मञ्चन गरिन्छ । उपाकू बनेगु भाद्रकृष्ण द्वादशी ( यँलाथ्व द्वादशी ) अर्थात् इन्द्रध्वजोत्थानकै दिन साँझ मृतकका नाउँमा बाटोभर धूप – दीप ( पाल्चा ) बाल्दै देवी – देवालाई धूप , अक्षता , नगद चढाउँदै ‘ उपाकू परिक्रमा ‘ गर्ने गरिन्छ ।