आज :

‘विचौलिया’ सँग नाम जोडिएपछि धरापमा गृहमन्त्रीको पद, भन्छन्– छानविनमा सहयोग गर्छु

  • अनलाइन डबली

काठमाडौँ । ‘विचौलिया’ सँग नाम जोडिएपछि गृहमन्त्री सुधन गुरुङको पद धरापमा परेको छ । सम्पत्ति शुद्धिकरणको छानविनमा हिरासतमा रहेका दिपक भट्टसँग नाम जोडिएपछि गुरुङको चौतर्फी राजिनामा माग गरिएको छ ।

जेनजीकै विभिन्न समूहले गृहमन्त्री गुरुङको राजिनामा समेत मागेका छन् । त्यस्तै, नेपाली काँग्रेस, राप्रपालगायतका पार्टीहरुले पनि छानबिनमा गरेका छन् ।

विवादमा परेपछि मौन रहेका गृहमन्त्री गुरुङले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने बताएका छन् । उनले आफूल २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन समेत गरेका छन् ।

पछिल्लो पटक विवादमा परेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा नाममा रहेको शेयर मन्त्री हुनुअघि नै खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋण (कर्जा) को तमसुक रहेको दाबी गरेका छन् ।

उनले सबै कारोबार बैंकिङ प्रणालीमार्फत नै भएकाले यसको प्रमाण सुरक्षित रहेको बताउँदै व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने बताए ।

जेनजी आन्दोलनसँग चर्चामा आएका गुरुङले त्यसैको बलमा विभिन्न कम्पनीसँग शेयर लिएको भन्दै छानबिन हुनुपर्ने जेनजी युवाहरुको माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal