आज :

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज, अध्यक्षमा पाँच जनाको दाबी

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट ¥याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ ।

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन् ।

अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal