आज :

दार्चुलामा माओवादी अभियानः इन्चार्ज कुँवर भन्छन्- जनयुद्धकालिन जन विश्वास फर्काउछौं

  • रामसिंह ठगुन्ना

दार्चुला । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान दार्चुलामा जिल्लाका सबै पालिका र वडामा एकसाथ अगाडि बढिरहेको छ । जनश्रम, सहिद परिवार र पुराना कार्यकर्तासँगको भेटघटसँगै पार्टी सदस्यता नविकरणको तयारी भइरहेको छ ।

जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजयसुन्दर’ ले ६ वटै अभियान टोलीले पहिलो चरणका कार्यक्रम सम्पन्न गरिसकेको छ र दोस्रो चरणका कार्यक्रमको तयारी भइरहेको बताए । सबै पालिकास्तरिय बैठक, भेटघाट, छलफल सकेर वडा स्तरमा कार्यक्रम सुरु गरेको जानकारी बिजयसुन्दरले जानकारी दिए । त्यस्तै, पार्टी सदस्यता नविकरणको पूर्वतयारी, सहिद परिवारसँगको भेटघाट चलिरहेको छ ।

अभियानबाट पार्टी केन्द्रले चाहेको अपेक्षा पूरा गर्नेगरी जिल्लाभर अभियान संचालन भइरहेको …बताए । उनले भने, “यो तीन महिने रुपान्तरण अभियानबाट पार्टी केन्द्रले गरेको अपेक्षा पूरा गर्ने गरी जन वर्गीय संगठनसहित एकीकृत रुपमा अभियान जिल्लाभरी संचालन भइरहेको छ ।”

अभियानले जनयुद्धमा जस्तै माओवादीप्रतिको विश्वास फर्किने दाबी इन्चार्ज बिजयसुन्दुरले गरे । जनतामा जनताले माओवादीप्रति ठूलो अपेक्षा गरेर साथ र सहयोग गरेका थिए । “यो बीचमा माओवादी नेता कार्यकर्ता र जनताबीचको सम्बन्ध के कारणले टाढा हुँदै गएको छ, यसलाई जोड्न के गर्नुपर्छ ? भनेर जनताबाटै सुझाव लिने र त्यही अनुसार पार्टीलाई रुपान्तरण गर्ने गरी जनताको बीचमा आएका छौं । अभियानपछि जनयुद्धमा जस्तै माओवादी र जनताबीचको सम्बन्ध हुनेमा हामी विश्वस्त छौं” इन्चार्ज विजयसुन्दुरले भने ।

अभियननको क्रममा जनताले पुनः माओवादीप्रति विश्वास बढेको आफूले पाएको उनले बताए । कार्यकर्ता र जनताबीचको सम्बन्ध पुनः जोडिएको उनले बताए ।

त्यसैगरी अभियानकै क्रममा अन्य पार्टीबाट माओवादीमा प्रवेशको पनि सुरु भएको छ । माओवादी गाउँ फर्केसँगै अन्य पार्टीका धेरै नेता कार्यकर्ता सम्पर्कमा आएको र उनीहरुसँग छलफल भइरहेको अभियान टोली नेताहरु बताउँछन् ।

गत स्थानीय चुनावमा शैल्यसिखर नगरपालिका वडा नं ६ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका करबीर सिंह धामी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धामीलाई जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले शैल्यशिखर नगरपालिका वडा न ५ र ६ को संयुक्त बैठकमा स्वागत गरेका थिए ।

त्यसअघि महाकाली नगरपालिका -१ बाट नेकपा एमाले र नेपाली काँग्रेस परित्या गरी १४ जनाले माओवादीमा प्रवेश गरेका थिए । प्रवश गर्नेमा एमालेबाट कविन्द्र लुहार,प्रविण सिंह कुवँर,ललित सिंह कार्की,कमल लुहार र नेपाल कांग्रेसबाट मदन सिंह कुवर, कुन्दन राम लुहार, जयप्रकाश कुवर, हरिश कार्की, दानसिंह कुवर, प्रकाश कुवर, रुपसिहं कुवर, दानबहादुर बम, शिवराज कुवर, मनोज कुँवर लगायत रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal