काठमाडौं । नेवा: ( नेवार ) समुदायले आज बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाउँछन् । नेपाल संवत् तिथि अनुसार हरेक बर्ष गुंलागा त्रयोदशी आज मंगलबार पञ्चदान पनाउने प्रचलन रहदै आएको छ ।
उपत्यकाका वौद्ध नेवार समुदायले यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ ।
काठमाडौंको स्वयम्भू महाचैत्यमा मंगलबार दान दिने र लिनेको ठूलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।
मंगलबारकै दिन महाबौद्धबाट १ सय २० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुग्ने गर्दछन् ।