
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको आयोगको सचिवालयले जनाएको छ ।
नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन ।यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने उनले बताइन् ।भेटमा उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।
होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।