आज :

प्रधानमन्त्रीद्वारा २० औं निजामती सेवा दिवसको शुभकामना

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० औं निजामती सेवा दिवस, २०८० को शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २०औं निजामती सेवा दिवस २०८० का अवसरमा निजामती सेवामा आवद्ध सबै राष्ट्रसेवक निजामती कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ ।
यो दिवसले सबै निजामती कर्मचारीहरूको भावनात्मक तथा संवेगात्मक रूपमा आत्मबल सिर्जना गरिरहेको उनको भनाई छ ।

उनले निजामती सेवामा महत्वपूर्ण योगदान पुयाई आज परस्कृत हुने सबै कर्मचारीलाई बधाई दिदै आगामी दिनमा थप उर्जासहित सेवा गर्ने अपेक्षा लिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal