काठमाडौँ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
संवैधानिक इजलास प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो । समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो ।
महानगरले गरेको उक्त निर्णयको सामुदायिक विद्यालयले भने विरोध जनाउनुदै हितकरवीरसिंह कंसाकारसमेतले उक्त निर्णयविरुद्ध महानगरलाई विपक्षी बनाएर भाद्रा ६ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।


अनलाइन डबली

