आज :

ललिता निवास प्रकरणः चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर, १८ अर्ब भन्दाबढी बिगो दाबी

  • अनलाइन डबली

काठमाडौं । ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरिएको अधिवक्ता कृति शर्माले जानकारी दिए ।

उनले भने ‘अनुसन्धानले लामो समय लगाएर ठोस निर्णय लिएको छ । ललिता निवास जग्गा प्रकरणमा जो जो आवद्ध छ । जस जसले निर्णय गरेका थिए । ति निर्णयकर्ता जसले सरकारी जग्गालाई निजि जग्गा भनेर देखायो । यो जग्गा प्रकरणको विवादको विषयलाई लिएर आज अभियोजन पक्षले अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा दायर गरेको छ ।’

पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

उनीहरूमाथि कीर्तेको अभियोग भने छैन, तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal