आज :

डा. राजाराम कार्कीको निधनको शोकमा देशभरका कांग्रेस कार्यालय शुक्रबार बन्द गरिने

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज विहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीको निधनमा बिभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै भोलि शुक्रबार केन्ददेखि जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरु शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो । कार्कीको पार्थीव शरीरलाई आज विहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal