आज :

सत्ता पक्षले नै सदन अवरुद्ध गरेको सांसद पाण्डेको आरोप

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छानबिन समिति नबनेको कारण संसद अवरुद्ध भएको भन्दै यसमा सत्ता पक्षको नै दोष रहेको बताएका छन् ।

उनले भने, ‘सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको हाम्रो आरोप रहेको छ । छानविन समिति नबनेको कारण संसद अवरुद्ध भएको हो । समयमा ध्यान नदिएर प्रतिपक्षतिर फर्किएर गाली गर्ने प्रचलन छ त्यसलाई हटाउँनु पर्छ । संसद जनताका आवाज उठाउँे भन्ने नै हो हाम्रो मान्यता हो तर कुनै पनि सांसदले जनताको होईन संसद अवरोध हुन नहुने कुरा मात्रै आयो । हाम्रो अडान कायम छ, त्यो पूरा नभएसम्म सदन अवरुद्ध हुन्छ ।’

यस्तै उनले नेपाल भ्रमणमा आएका वागेश्वर बाबाको विषय उठाउँदै भारतमा विवादमा रहेको गुरुलाई नेपालमा के आधारमा बोलाइएको भन्दै प्रश्न उठाएका छन् । उनले भने, ‘भारतका विवादमा परेको धर्म गुरु बनेर नेपालमा आएका छन् र उनको क्रियाकलाप सुरु भएको छ । र नेपालको राष्ट्रियतामाथि आक्रमण गर्दै बोलीरहेको छ । धर्मका नाममा जनतालाई ठग्ने गुरु नेपालमा सेटिङ्मा नाटकीय ढङ्गमा जनतालाई मूर्ख बनाई रहेको छ । उनलाई नेपालको पशुपतिमा के आधारमा स्वागत गरियो, यस्तो मानिसलाइै देश निकाला गर्नुपर्नेलाई देशका गृह तथा परराष्ट्रमन्त्री समेत भेट्न गएको छ ।’

उनले बाढि, पहिरो, लम्पी र डेगुँ जस्ता विषयमा आवाज उठाउँदै यसमा सरकारको ध्यान जानु पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal