आज :

विदेशमा नेपालमा श्रमशक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना : मन्त्री भण्डारी

  • अनलाइन डबली

काठमाडौं । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा मन्त्री भण्डारीले, सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आर्कषणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताए ।

भण्डारीले भने ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि केही आधारभूत मान्यताहरु छन् । खासगरी गरिबी निवारणमा टेवा र श्रम बजारमा श्रम शक्तिको आर्कषण गर्नु नै हो ।’

नेपाली श्रमिकले सामाजिक सुरक्षा अभाव र न्यून ज्यालाका कारण नेपाली श्रमिकको विश्व बजारमा आर्कषण बढेको र नेपाली बजारमा श्रमिकको अभाव हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे।

‘नेपाली श्रम बजारमा सामाजिक सुरक्षाको अभावले अत्यन्त न्यून ज्यालामा काम गर्ने श्रम शक्ति विश्व बजारमा जान बाध्य भएका छन् र नेपाली श्रम बजारमा श्रमशक्तिको अभाव देखिन थालेको छ । यी विषयहरुलाई समेत सम्बोधन गर्ने गरी सामाजिक सुरक्षाको योजनाहरुलाई परिमार्जित र विस्तार गर्दै लैजानुको विकल्प छैन् । ’ उनले भने ।

भण्डारीले अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएपछि श्रमिकको श्रमलाई व्यवस्थित गर्नसमेत सहज हुने उनको भनाई छ । ‘अनौपचारिक क्षेत्रका सबै श्रमिहरुलाई कोषमा आवद्ध गराउने गरी मुलत श्रमिकको नियुक्ति पत्र व्यवसायको कर चुक्ता प्रमाण पत्र संस्था नविकरण जस्ता विषयको काम गर्न सक्दा अनौपचारिक क्षेत्रलाई अपौचारिक बनाउन सहज हुन्छ’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal