काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दिपक पुनलाई प्रहरीले रंगहात पक्राउ गरेको छ । कोरियाबाट नेपाल आएका पुनलाई प्रहरीले गंगबु क्षेत्रबाट पक्राउ गरेको हो ।
बागलुङ घर भएका पुन कोरियाबाट दुई दिन पहिले नेपाल आएर गंगबु क्षेत्रमा एक महिलासँग अवैध क्रियाकलाम गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । श्रीमति र छोरीको सहयोगमा प्रहरीले रंगेहात पक्राउ गरेको बताइएको छ ।
पुनले श्रीमतिसँग सम्बन्ध विच्छेद गरिसकेको बताउँदै आएका थिए । तर, सम्बन्ध विच्छेद नगरेको बताइन्छ । पुन नेपाल आएर परस्त्रीसँग अवैध क्रियाकलाप गरिरहेको जानकारी पाएपछि श्रीमतिले प्रहरीलाई खबर गरेकी थिइन् । पुन अहिले प्रहरीकै नियन्त्रणमा छन् ।
तर प्रहरीले घरायसी विवाद भएको बताएको छ । दुबै पक्षबीच छलफल भइरहेको प्रहरीले बताएको छ ।
लामो समयदेखि कोरियामा बस्दै आएका पुन नाङ्लो ग्रुपका नामबाट ट्राभल, मार्ट, मनिट्रन्सफरलगायतका व्यवसाय गर्दै आएका छन् । पुनको मुख्य काम भनेको हुण्डि कारोबार रहेको बताइन्छ ।
एनआरएनएको हालै सम्पन्न ९ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।