आज :

कपनमा विवाद: डोजरले काम गर्न सकेन, मेयर बालेनले राजीनामा दिनुपर्ने स्थानीयको माग

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।

शुक्रबार पनि काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ ।

तर, काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन् । केही स्थानीयवासीले महानगरको कदमको पक्षमा देखिँदा केही भने विरोधमा उत्रिएका छन् ।

केही स्थानीयवासीले खोलाले आंँखा देख्नु पर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नु पर्ने बताएका छन् ।
“खोलाले आंँखा देख्नुपर्छ । खोला खोला हुनुपर्छ । जनताको सुनुवाई हुनुपर्छ । राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नुपर्छ” विरोधमा उत्रिएका एक स्थानीयले भने ।

अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर वस्नु भन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने उनको भनाइ छ । उनले भने “यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सहि गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भइहाल्यो नि ।”

यस्तै अर्का एक स्थानीयले वस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताएछन् । उनले भने ‘ स्वतन्त्र खहरे स्थानीय मिलेर हिमपाईप राखियो त्यो वेला बस्ती थोरै थियो । केही परक परेको थिएन् । जब जब बस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो । ’

बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोध पछि डोजर चल्न दिइएको थिएन् । विरोधमा उत्रिएका स्थानीयले मेयर बालेन साहको राजिनामा समेत मागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal