आज :

राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्छ : अर्थमन्त्री महत

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरुलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरुको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।

मन्त्री महतले भने, “राज्यले यसलाई प्राथमीकताका साथ अभिपे्ररित गर्नु पर्छ । महिलाहरुको निरन्तर समपर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ । उद्यमी महिला दिदीबहिनीहरुलाई अगाडि बढाउनु पर्छ । सरकारले सम्पूर्ण रुपमा यो सफल गर्न सहयोग हुन्छ ।”

मन्त्री महतले हरेक क्षेत्रमा महिलाको उत्तरदायी भूमिका रहेको भन्दै सिपको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
महिलाहरुलाई आवश्यक परेको खण्डमा सहयोग गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal