आज :

चौधरी र भण्डारीको नेपाली नागरिकता रद्द, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । सरकारले दुई जनाको नेपाली नागरिकता रद्द गरेको छ । झुटो विवरण पेशी वंशजको आधारमा नेपाली नागरिकता लिएको पुष्टि भएपछि रद्द गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

गृह मन्त्रालयका प्रस्तावमा पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

भारतीय नागरिक अग्रवालले झुटो विवरण पेश गरेर जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेका थिए । उनलाई नेपाली नागरिकको सूचीबाट हटाउने र संलग्नलाई कारवाही गर्ने निर्णय समेत सरकारले गरेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ । भण्डारीले पनि झुटो विवरण पेश गरी नेपाली नागरिकता दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal