आज :

प्रचण्डले ओलीलाई बालुवाटार किन बोलाए ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएर भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीले साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँनै लाग्दा प्रधानमन्त्रीले ओलीलाई बालुवाटार बोलाएका हुन् ।
संवैधानिक परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा ओलीसँग छलफल गरेको बताइएको छ । प्रधानमन्त्रीले ओलीलाई शनिबार खबर गरेर आज बोलाएका थिए ।

एक घण्टासम्म भएको छलफलमा नयाँ प्रधानन्यायाधीश सिफारिससँगै समसामुहिक विषयमा पनि छलफल भएको बताइएको छ ।

एक सय किलो सुन समातेपछि ओली सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal