आज :

एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर कार्यसूचीमा प्रवेश गर्न दिएन ।

एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए ।

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध थियो ।एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै समिति बनाउन माग गरे ।

संसद बैठकमा बोल्दै गिरीले १० दिनअधि राजस्वका महानिर्देशकलाई तस्करीको सुन आउँदै गरेको सूचना आएको बताउँदै प्रधानमन्त्रीलाई त्यो सूचना आयो कि आएन ? गृहमन्त्रीलाई त्यो सूचना थियो कि थिएन ? अर्थमन्त्रीलाई जानकारी थियो थिएन ? प्रश्न समेत गरे ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन नगरी संसद अघि बढाउन नदिने चेतावनी दिएको थियो । एमाले संसदीय दलको बैठकले गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal