काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटलीमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन क्रममा साइडलाइनमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशको सम्बन्ध र आपसी सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मलेनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।
सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।


अनलाइन डबली



