आज :

तस्करले हङकङबाट ल्याएको १०० किलो सुन कसरी भन्सार पास भयो ? 

  • अनलाइन डबली

काठमाडौं । कडा सुरक्षा हुने विमानस्थलबाट एक सय किलो सुन भन्सार पास भयो भन्ने झट्ट सुन्दा विश्वास लाग्दैन तर त्यस्तो भएको छ । बुधबार अहिलेसम्मकै धेरै करिब १०० किलो सुना विमानस्थलबाट बरामद भएको छ ।

विमानस्थलको अध्यागमन र प्रहरीले चेकजाँच गरेर पठाइसकेको अवस्थामा उक्त परिणामको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद गरेको विभागले जनाएको छ ।

विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला विभागबाट खटिएको विशेष टोलीले सुन बरामद गरेको हो । एकै पटक १०० किलो सुन बरामद भएको पहिलो घटना समेत भएको विभागले जनाएको छ । सुनसँगै तीन जना बरिया पनि पक्राउ परेका छन् ।

यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

बरामद गरेको सुन विभागले जोखेर राष्ट्र बैंककाे टक्सार माहाशाखामा पठाउने तयारी गरिएको छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अधिकृत तोकेर तस्करीको सुनको अनुसन्धान अघि बढाइने बताए । ढुंगानाले सुनबारे थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने समेत बताए ।

एक कुइन्टल सुन सजिलै विमानस्थलको कडा मानिएको भन्सार पास कसरी भयो भन्ने प्रश्न उठेको छ । एक अपराधि प्रकृतिका व्यक्तिले त्रिभुवन विमानस्थलबाट हात्ति छिराउन सकिन्छ भनेको कुरा सही सावित हुँदै गएको छ ।

तस्करी गरेको यति ठूलो परिणामको सुन सजिलै अध्यागन र प्रहरीको सुरक्षा घेराबाट बाहिर आउन सक्दैन । यसमा सबैको मिलेमताे हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal