आज :

क्रिमिया पुलमा आक्रमणको बदला लिन पुटिनको आदेशपछि युक्रेनमा अहिलेसम्मकै ठूलो हमला

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले पछिल्ला घण्टामा युक्रेनमा हमलालाई तेज मात्रै बनाएका छैनन् । युक्रेनको ठूलो क्षति पुर्याएको बताइएको छ । रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले क्रिमिया पुलमाथिको हमलाको बदला लिन सेनालाई आदेश दिएसँगै युक्रेनमा हाइपरसोनिक हमला भएको छ ।

युक्रेनले क्रिमिया जोड्ने पुलमाथि गरेको हमलाको पुटिनले निन्दा गर्दै बदला लिन आदे दिएका थिए । युक्रेनले क्रिमिया जोड्ने पुलमा आत्मघाती ड्रोन हमला गरेर क्षति पु¥याएपछि पुटिनले सो आदेश दिएका हुन् ।

पुटिनले सुरक्षा परिषद्को बैठकमा बोल्दै विरोधीहरुले रुसलाई जिस्काइरहेको बताउँदै त्यसको बदला लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए । पुटिनले पुल ध्वस्त बनाएर क्रिमियामाथि मानवीय संकट निम्त्याउने उद्देश्यले हमला भएको भन्दै यसको बदला लिन सैन्य कमाण्डरलाई आदेश दिएका छन् ।

पुटनले परिषद्को बैठकमा क्रिमियामाथि दोस्रो पटक आतंकीय हमला भएको भन्दै यसले रुसको सार्वभौमिकतालाई चुनौती दिएको भन्दै त्यसको बदला लिनुपर्ने बताए ।

बदलास्वरुप रुसी सेनाले युक्रेनको ओडिसा र खेरसनका तैनाथ फौजमाथि हमला गर्नुको साथै त्यहाँ रहेका हतियार गोदम ध्वस्त बनाइदिएको छ । अमेरिकाले हालै दिएका आर्टलरी हतियार रुसी हमलामा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

त्यसैगरी रुसी सेनाले निप्रो शहरमा रहेका युक्रेनी फौजमाथि पनि हमला गरेको छ । त्यस्तै, रुसी सेनाले जापोरिजियामा भिषण हमला गरेको छ ।
युक्रेनले १७ जुलाईमा क्रिमिया पुलमाथि हमला गरेको थियो । रुसीले सोही राति एकैपटक सात शहरका ४५ स्थानमा भिषण हमला गरेको थियो । रुसले एस–३०० मिसाइललगायतका शक्तिशाली हतियारबाट हमला गरेको छ । यो हमलामा अमेरिकालगायतका देशबाट युक्रेनमा लडिरहेका फौजमा ठूलो क्षति पुगेको छ ।

युक्रेनले पनि खारकिभमा ३० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । यहाँ धेरै जसो विदेशी फौजका उच्च कमाण्डर तैनाथ थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal