काठमाडौँ ।काठमाण्डौ उपत्यकाको फोहर बोकेका गाडी स्थानीयले अवरोध गरेपछि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् । नुवाकोटको ककनी र धादिङको धुनीबेसीको सिमानामा रहेको बन्चरेका स्थानीयबासिन्दाले बिगतमा सरकार संग गरेको सम्झौता कार्यान्वयन नभए पछी उनीहरुले काठमाण्डौबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान बात रोकेका हुन् हुन् ।
स्थानीय बासिन्दाले हिजो सोमबार देखि काठमाण्डौबात फोहर लिएर गएका गाडी बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।
गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन नभएको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको गुनासो रहेको छ ।
माग पूरा नभएसम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको अडान कायम रहने वडाअध्यक्ष बजगाईँको भनाइ रहेको छ ।
वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर फोहरबाट प्रभावित बस्तीलाई व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको जनप्रतिनिधिले बताएका छन् । तर स्थानीय बासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम शुरु भएको र अरु मागका विषयमा पनि छलफल भइरहेको काठमाण्डौ महानगरका सहप्रवक्ता दिपक अधिकारीले बताउनुभएको छ ।
हाल दैनिक पालिकाको तथा निजि गरि एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा ब्यबस्थापन गरिदै आएको छ ।