आज :

प्रतिबन्धित क्लस्टर बम युक्रेन पठाउने अमेरिकाको कदम ‘युद्ध अपराध’, के हो क्लस्टर बम ?

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले आफ्नै कानुनको उलंघन गर्दै अमेरिकाले युक्रेन क्लस्टर बम पठाएको छ । यसको पुष्टि अमेरिकी राष्ट्रपति जो बाइडनले गरेका छन् । उनले सर्वसाधारणको ज्यान लिएको इतिहास भएको क्लस्टर बमहरू युक्रेनलाई उपलब्ध गराउने आफ्नो निकै कठिन निर्णय भएको बताएका छन् । बाइडनले युक्रेनमा अस्त्र कम हुँदै गएकोले क्लस्टर बम पठाएको बताए ।

विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न गर्दा साना साना बम निस्किने र केही विस्फोट नभएर वर्षौसम्म जमिन मुन रहने भएकोले यसलाई प्रतिबन्ध लगाइएको थियो । यसले बर्षौसम्म पनि नागरिकको ज्यान जोखिममा पार्ने भएकाले विश्वको धेरै देशहरुले उत्पादन, ओसार पसारमा प्रतिबन्ध लगाएका छन् ।

अमेरिकासहित १२० देशले पनि यस्ता बम उत्पादन, स्थानान्तरमा प्रतिबन्ध लगाएको छ । तर, आफ्नै कानुनको उलंघन गर्दै अमेरिकाले क्लस्टर बम युक्रेन पठाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा तोपलगायत अस्त्रहरू सकिएकोले क्लस्टर बम पठाउनु परेको बताए । उनले आफ्नो कदमको बचाउ गर्दै दिन लागेको बम विस्फोट नहुने दर २.५ प्रतिशत रहेको स्वीकार गरे ।

युद्ध सम्बन्धी बनाइएका कानुन अमेरिकाले उलंघन गर्दै आएको छ । एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरण गर्न नपाइने अमेरिकी कानुन छ । तर, उक्त कानुनको उलंघन गर्दै अमेरिकाले क्लस्टर बम युक्रेन पठाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका मार्टा हुर्टाडोले यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न नहुने बताउँछिन् ।

अमेरिकाको यो कदमको रुसले विरोध भत्सर्नायोग्य भएको बताएको छ । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले बाइडनकोरू हस्तान्तरण गर्न अपनाएको नीति भत्र्ससनायोग्य भएको बताए । यसले अमेरिकाको क्रुरता विश्वसामु छर्लङ भएको समेत उनले बताए ।

अमेरिकाको यो निन्दनीय कार्यबाट अब युक्रेनको निर्दोष भावि पुस्ता बमको जोखिम पर्ने भएको छ । यस्ता बमहरु जमिनमा बर्षौसम्म सुरक्षित रुपमा रहन सक्ने भएकोले जतिखेर पनि विस्तफोट हुन हुने र बालबालिकाकाले खेलौनाको रुपमा प्रयोग गर्न सक्ने विज्ञहरु बताउँछन् ।

अमेरिकाले क्लस्तर बमसहित युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री उपलब्ध गराएको छ । यसको पुष्टि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले गरेका छन् । उनले सामाजिक संजालमार्फात अमेरिकालाई धन्यावद दिएका छन् । उनले युक्रेनको जीतमा पु¥याउने समेत दाबी गरे ।

यस्ता क्लस्टर बमहरू यसअघि भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियासहित धेरै स्थानमा प्रयोग भइसकेका छन् । त्यहाँ अहिले पनि यसको जोखिम कायमै छ । सन् २००६ को लेबनान युद्धमा इजरेलले हिजबुल्लाह फौजविरुद्ध प्रयोग गरेपछि यस्ता अस्त्रहरूमा प्रतिबन्ध लगाइएको थियो ।

संयुक्त राष्ट्रसङ्घको आकलनअनुसार ३० देखि ४० प्रतिशतसम्म इजरेलले प्रहार गरेका क्लस्टर बमहरू तत्काल विस्फोट भएका थिएनन् । लेबनन युद्धपछि यस्ता उपकरणहरूका कारण २० जनाको मृत्यु हुनुका साथै १९५ जना घाइते भएको राष्ट्रसंघको रेकर्डमा छ । अमेरिकाको यो कदम युद्ध अपराध भएको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal