
काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दैछ । संसद बाहिर रहेको विप्लवले नेतृत्व गरेको नेकपासहित चार दलले मोर्चा घोषणा गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।
आज दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक तय भएको छ ।
बैठकमा चारै दलका शिर्ष नेताहरुको सहभागी हुनेछन् भने दोस्रो तहका नेताहरु पनि बैठकमा उपस्थित हुने छन् ।
पहिलो बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । समाजवादी आन्दोलनको लागि भन्दै माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपाले मोर्चा घोषणा गरेका थिए ।