काठमाडौँ । पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा तालिम लिएका नेपाली सेनाका अधिकृतहरु तथा पूर्व विद्यार्थी भेला सम्पन्न भएको छ ।
पाकिस्तान दूतावासले सोमबार आज आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति रथी प्रभुराम शर्माले नेपाली सेनाका अधिकारी, सैनिकको तालिम र प्राविधिक क्षेत्रमा क्षमता अभिवृद्धिमा पाकिस्तानले गरेको योगदानको कदर गर्नु भयो । उहाले नेपालले आफ्नो परराष्ट्र नीतिमा ‘पञ्चशील’ सिद्धान्तको पालना गरेको र ‘सबैका लागि मित्रतामा विश्वास गरेको बउनु भयो । उनले पाकिस्तानका उत्कृष्ट तालिम संस्थाहरूमा तालिम प्राप्त अधिकारीहरूले गरेको योगदानको प्रशंसा गर्नु भयो ।
आफ्नो स्वागत मन्तव्यमा पाकिस्तानका रक्षा सहचारी कर्नेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानका दुई सशस्त्र सेनाबीच विशेष गरी तालिम क्षेत्रमा रहेको जीवन्त द्विपक्षीय सम्बन्धलाई प्रकाश पार्नु भयो । उहाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलको प्रतिबद्धतालाई जोड दिनुभयो ।
राजदूत अबरार हाश्मीले धन्यवाद ज्ञापन गर्दै नेपाल र पाकिस्तानबीच विश्वास र पारस्परिक लाभकारी सहकार्यमा आधारित बलियो सम्बन्ध रहेकोमा जोड दिनुभयो । राजदूत हाश्मीले उद्घाटन पूर्व विद्यार्थी कार्यक्रममा उपस्थित भएकोमा प्रधानसेनापति शर्मा, पूर्व सीओएस राणा र वरिष्ठ अधिकारीहरूलाई धन्यवाद दिनु भयो ।
पूर्व विद्यार्थी भेलाका सहभागीहरूले पाकिस्तानप्रति कृतज्ञता व्यक्त गर्नुका साथै कार्यक्रम आयोजना गर्नको लागि यो मिसनले उनीहरूलाई पाकिस्तानमा बसेको उनीहरूको मनमोहक सम्झनाहरू पुन: ताजा गर्न प्लेटफर्म प्रदान गरेको अनुभव सुनाए ।
कार्येक्रममा नेपाली सेनाका सेवानिवृत्त तथा सेवानिवृत्त अधिकृतहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


अनलाइन डबली



