आज :

चेचन सेनाको चेतावनीपछि वाग्नर कमाण्डर प्रिगोजिन बेलारुस भागे, आफ्नै जवानबाट असुरक्षित

  • अनलाइन डबली

काठमाडौं । चेचेन सेनाको चेतावनीपछि भाडाका सैनिक समूह वाग्नरका लडाकूहरू पछि हट्न बाध्य भएका छन् । रुसविरुद्ध सैन्य विद्रोहको प्रयास गरेको वाग्नर समूहले रुसी रक्षामन्त्रीको राजिनामा माग गरेको थियो ।

आफ्नो माग पूरा नभएपछि मस्को तर्फ अघि बढ्ने वाग्नरले चेतावनी दिएको थियो । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देशद्रोह गरेको भन्दै नछोड्ने चेतावनी दिएका थिए ।

वाग्नर लडाकुहरुले रोस्तोभ-अन-डोन शहर कब्जा गरेको घोषणा गरेका थिए । त्यसलगत्तै चेचेन सेनाले आवश्यक परे वाग्नर समूहसँग भिड्न तयार रहेको चेतावनी दिँदै युक्रेनबाट फर्किनु नपरोस् भन्दै चेतावनी दिएको थियो ।

चेचेन सेनाले कारवाही सुरु नगर्दै वाग्नर समूह पछि हट्न बाध्य भयो । वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बेलारुसका राष्ट्रपति अलेकजेण्डर लुकाशेंकोसँग कुरा गरेर मिलाइदिन आग्रह गरेका थिए ।

प्रिगोजिनले रक्तपातबाट बच्न भन्दै आफ्ना लडाकूहरूलाई युक्रेन फर्कन आह्यवान गरे । उनी अब बेलारुस बस्नेछन् ।

प्रिगोजिनले रुसविरुद्ध कदम उठाएपछि वाग्नर समूहभित्रै विवाद उत्पन्न भएको छ । प्रिगोजिन आफ्नै सेनाबाट असुरक्षित भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal