आज :

अब नेपालको आफ्नै गोताखोर, उपप्रधानमन्त्री श्रेष्ठले प्रदान गरे तालिम प्रमाणपत्र

  • अनलाइन डबली

चितवन। उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताउनुभएको छ।

बिहिबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो। ‘यो तालिम ठुलो योगदानको रुपमा अंकित हुनेछ।’ प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो- ‘जनताको सेवा गर्न सीपसहित आफुलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’

गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए। आफ्नै आवश्यकता आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर सामुन्द्रीक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो। नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।

समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभएअनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुनेगर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन्। यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ।

समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो। डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए। उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’ समेत गर्नुभएको थियो।

समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपत् जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारी, इच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दानबहादुर गुरुङ समेत सहभागी हुनुहुन्थ्यो।

उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दार सम्बन्धि सामाग्रीहरूको समेत निरीक्षण गर्नुभएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal