आज :

अनलाइन डबली न्यूज प्रभावः लुम्बिनी विकास कोषलाई मन्त्री किरातीले सोधे १३ बुँदे स्पष्टिकरण

  • अनलाइन डबली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गरेर कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले पदीय दुरुपयोग गरेर विभिन्न कम्पनीसँग सम्झौता गरेको, अनाधिकृत रुपमा वृद्धमुर्ती बनाउन दिएकोलगायतका प्रश्न सोधेका छन् ।

यसअघि अनलाइन डबलीले उपाध्यक्ष त्रिपाठीले गलत मनसायमा साग गरेका २४ कार्यसहित समाचार सम्प्रेशण गरेको थियो ।

मन्त्रालयले सोधेका १३ वटा प्रश्नको यथार्थ विवरण १५ दिनभित्र पेश गर्न भनिएको छ । पत्रमा मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु नष्ट गरी बनाइएका पोखरीमा करोडौँको टेन्डर निष्कासन गरी रकमको अपचलन गरेको गुनासोमा स्पष्टीकरण मागेको, कोषको परिसरभित्र काम गर्ने सङ्घ–संस्था, निर्माणाधीन परियोजना र परिसरभित्र मोटरबोट सञ्चालनका कानुनी आधारबारे यर्थाथ विवरण पेश गर्न भनिएको छ ।

कोषलाई ५ वर्षदेखि विभिन्न दाताले गरेको सहयोग रकमको परिचालन र उपाध्यक्षले गरिमामय पदको दुरुपयोगबाट मासिक तलब बुझेको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ । मन्त्रालयले निकालेको टिप्पणी तथा आदेशले मन्दिर जाने बाटोको पसलदेखि क्रेन (सारस चरा) फाउन्डेशनको दुरुपयोगको बारे यथार्थ पेस गर्नुपर्ने बताएको छ ।

मन्त्रालयले निकालेको टिप्पणी र आदेशमा महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा त्यस मूर्ति बनाउन दिएको हो वा होइन भन्ने  विषयमा पनि प्रश्न सोधिएको छ ।

यस्ता छन् मन्त्रालयले सोधेका प्रश्नहरुः 

यो पनि पढ्नुहोस्

१. लुम्बिनीमा अर्बौका ठेक्कामा उपाध्यक्ष त्रिपाठीको ‘सेटिङ’, आफन्तको नाममा जग्गा, दाताको रकम हिनामिना

२.लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीविरुद्ध अख्तियारमा मुद्धा 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal