
सुर्खेत । रुकुम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्प राति २ः५९ बजे भूकम्प गएको थियो ।
केही दिनयता पश्चिम नेपालमा ससाना भूकम्प गइरहेका छन् । विज्ञहरुले पश्चिम नेपाल केन्द्र भएर भूकम्प जान सक्ने अनुमान गरिरहँदा पश्चिम नेपालका पहाडी क्षेत्रमा भूकम्प गइरहेका छन् ।
यसअघि वैशाख २१ गते बाजुरमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो ।