काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार दिउँसो २ बजे बैठक बोलाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन बैठक बोलाइएको हो । प्रधानमन्त्रीले बैठकमा आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने र ती सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने बताइएको छ ।
आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षसँग पनि सुझाव माग्ने तयारी गरेका छन् ।


अनलाइन डबली





