ललितपुरको पाटन सङ्ग्रहालयको प्राङ्गणमा ढुङ्गा, काठ तथा धातुका मूर्तिकला, मुहारचित्र (लाइभ पोट्रेट) प्रदर्शन र सम्वन्धिधत विषयमा सम्वन्धिन निकाय तथा बिज्ञहरुको बिचार विमर्श तथा अन्र्तकृयाको गरी भब्य सम्पदा दिबस मनाईयो । काठमाडौं र ललितपुर महानगरको कला,संस्कृतिको वैभव र जीवनशैलीलाई एकै थलोमा हेर्ने अवसरको रुपमा सो कला प्रदर्शनी गरिएको थियो ।
विश्व सम्पदा दिवस(अप्रिल १८) मनाउने सन्दर्भमा विश्व सम्पदा सूचिमा सुचिकृत पाटन सङ्ग्रहालयमा आयोजित तीनदिने विविध कार्यक्रम अन्तरगत महानगरमा हस्तकलाका पेशामा संलग्न कलाकारहरू आ–आफ्नो पेशा, व्यवसायको कौशल प्रदर्शन गरिरहनुभएको थियो ।
पाटन अरनिको स्टोन कार्भिङका फाउण्डर तथा आयोजक संस्था नेपाल सम्पदा संघका महासचीव धर्मराज शाक्य भन्नुहुन्छ– लामो समयदेखि हुन नसकिरहेको सम्पदा सम्वन्धि रचनात्मक गतिविधि लाई अलिकता भएपनि चलाएमान बनाउँदा “हामीले पुख्र्यौली पेशाकै रूपमा बनाउँदै आएका ढुङ्गाको मूर्ति सम्पदा दिवसमा स्टलमा आएर गर्दा रमाइलो लाग्दो रहेछ ।”
त्यसैगरी स्टलमा चित्रकार समाजका सदस्य किरण चित्रकारले विगतमा समाज व्यवस्थालाई निरन्तरता दिन नेवारका विविध जात, सम्प्रदायमा जिम्मेवारीको बाँडफाँड गरिदा चित्रकारहरू (पुँ) समाजले चित्र बनाउने काम गर्थे, अहिले आधुनिकताको असर र बजारमा पाइने सस्तो बस्तु किन्ने होडले लोपोन्मुख अवस्थामा पुगेका छन् । “पुँ कला”को प्रदर्शनीले नयाँ पुस्ता तथा यहाँ आउने पर्यटकलाई देखाउने अवसर मिलेको बताउनुभयो ।
पुँ कला अन्तरगत आगँ धकीं, नासः धकीं, ब्रतवन्ध, लक्ष्मी पूजामा बनाइने कागज, कपडा र माटोको भाँडा सजाउने कला प्रदर्शनीमा राखिएका छन् ।
त्यसैगरी नेपाली कागजबाट तयार गरिएका सामग्री, नेपाली कपडा,काष्ठकला, धातुकला अन्तरगत तयार गरिएका मूर्ति र विविध सामग्री, मिथिला चित्रको प्रदर्शनी र कलाकारले प्रत्यक्ष काम गरिरहेको दृष्यले सङ्ग्रहालयमा आउने आन्तरीक पर्यटक एवं बाह्य पर्यटकले चासोका साथ अवलोकन गरेका थिए ।
नेपाल सम्पदा सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले काठ, ढुङ्गा र धातु, नेपाली कागज, हस्तकलाले पर्यटकलाई आकर्षित गर्न र निर्यात समेत गर्न सफल छौँ र नेपालको प्राकृतिक दृष्यलगायत यहाँको हस्तकलाको महत्वलाई उजागर गर्न विश्व सम्पदा दिवसको सन्दर्भमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
हस्तकला महासङ्घका शिल्प तथा कला परिषद र नेपाल सम्पदा सङ्घद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमको पहिलो दिन शनिवार विहान पाटनका विभिन्न सम्पदास्थलमा सम्पदा पदयात्रा गरेर विश्व सम्पदा दिवसको कार्यक्रमको सुरूवात गरिएको थियो ।
युनेस्कोले ऐतिहासिक सम्पदाको संरक्षण, प्रवद्र्धन र प्रचारका लागि अप्रिल १८का दिनलाई विश्व सम्पदा दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्ष अन्तर्राष्ट्रिय नारा “ हेरिटज चेन्ज” र नेपाली नारा “सम्पदाको संरक्षण र सरोकार सम्पन्न भविष्यको आधार” तय गरिएको छ ।
साथै सम्पदा सम्वन्धी पुस्तक, प्रचार सामग्री, ऐतिहासिक र विश्व सम्पदा सुचीमा सूचिकृत स्थलका भुकम्प अगाडि र पछाडीका तस्वीर पनि प्रदर्शनीमा राखिएका छन् । दास्रो दिन टेकुको लक्ष्मीश्वर महादेव परिषरमा पुरातत्व विभाग ,गुथी संस्थान ,स्थानिय सम्पदा संरक्षण समुदायहरु सम्वन्धित क्षेत्रका बिज्ञहरुको सहभागितामा सम्पदा संरक्षणका उपाय बारे कार्यपत्र प्रस्तुत र अन्र्तकृया गरिएका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          







