काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नेपाली काँग्रेस मन्त्रीको नाम दिन ढिला गरेका कारण मन्त्रिमण्डल पूर्णता पाउन सकेको छैन । महामन्त्री गगन थापा-शशांक कोइराला समूहले ३ मन्त्री मागेका कारण सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम दिन सकेका थिएनन् ।
तीनवटा मन्त्रालय पाउने भएपछि संस्थापन इतर समूहले मन्त्रीको नाम पठाउन सहमत भएपछि मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।
नेपाली कांग्रेसको संस्थापन पक्षले एनपी साउदलाई मन्त्रि बनाउने निर्णय गरेको छ । सभापति देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् भने संस्थापन इतरबाट तीनजनाको नाम आएको छैन ।
काँग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयको जिम्मा साउदले पाउँदैछन् । गगन-कोइराला समूहले मन्त्रीको नाम नदिएपनि साउदलाई आजै शपथ खुवाउने तयारी भइरहेको छ ।
आज दिउँसो ३ बजे शपथको कार्यक्रम राखिएको छ । थापा-कोइराला समूहले भने उपचुनावपछि मात्रै नाम दिने बताउँदै आएको छ ।
त्यसैगरी जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय पनि खाली नै रहेपनि आज नाम दिन नसकिने जसपाले बताएको छ ।