काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरुलाई नव वर्ष उत्सव २०८०को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग समझौता गरेको छ । सो सम्झौतामा बैंका तर्फबाट प्रमुख संचलान अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोना भुर्तेलले हस्ताक्षर गरेको हुन ।
सो योजना २०७९ चैत २८ बाट लागु हेने बताएको छ । सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कर्डमार्फत प्रिपेमेन्टमा ८प्रतिशत वा अधिकतम रु ७ सय ५० बराबरको छुट पाउने छन् भने के्रडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु १ हजार सम्मको छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी ग्राहकले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २ सय सम्मको छुट पाउन सक्ने उल्लेख छ । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्न पर्ने विज्ञप्तिमा उल्लेख छ ।
दराजद्वारा सूचिकृत गरिएको स्वास्थ्य, सौंन्दर्य र पहिरनका सामनहरुको खरिदमा ग्राहकहरुले २० प्रतिशत वा अधिकतम रु २०० सममको छुट पाउन सक्नेछन् । प्री पेमेन्ट छुट समिति अवधिको लागि रहने जानकारी पनि गराईको छ ।